प्रचण्ड-बाबुरामविरुद्धको रिट सर्वोच्चले दर्ता गर्नै मानेन

हिमाल प्रेस १६ जेठ २०८० १८:१६ | Tuesday, May 30, 2023
प्रचण्ड-बाबुरामविरुद्धको रिट सर्वोच्चले दर्ता गर्नै मानेन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री ‍डा. बाबुराम भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको छ। काभ्रेका लेनिन बिष्टसहितले दायर गरेको रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको हो।

तत्कालीन माओवादीले युद्धको बेला बालबालिकालाई प्रयोग गरेको भन्दै उनीहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै बिष्टले दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपिठ गरिदिएका हुन्।

‘यीनै घटनाको समग्र विषयलाई समेटेर सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको भनि निवेदक बिष्टको निवेदनमा आफ्नो व्यहोरा उल्लेख गरेको देखिएको प्रस्तुत विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट संक्रमणकालीन न्याय पद्धतिअनुसार निरुपण हुने नै हुँदा यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तरगत प्रस्तुत निवेदन लिइ आएको देखिँदा सर्वोच्च अदालत नियमावली २०७४ को नियम १८ बमोजिम दर्ता गर्न मिलेन’दरपिठ गर्ने आदेशमा भनिएको छ।

प्रकाशित: १६ जेठ २०८० १८:१६ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast