 
                             
                                            काठमाडौँ- इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले आफ्ने ‘एम-५’ मोबाइल फोन खरिदमा छुट दिने भएको छ। बिहीबार (वैशाख २१ गते) देखि आगामी १७ जेठसम्म उक्त मोबाइल फोन खरिद गर्दा छुटमा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ।
माेबाइलमा गेम खेल्नेहरूका लागि सो मोबाइल फोन उपयुक्त रहेकाे कम्पनीले जानकारी दिएको हो। सो बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले ग्राहकले सुपथ मूल्यमा उच्चगुणस्तरको स्मार्टफोन चाहेकाले छुटमा उपलब्ध गराउन लागेको बताए। ‘ग्राहकले सुपथ मूल्यमा उच्चगुणस्तरको स्मार्टफोन चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौँ,’ उनले भने, ‘हामीलाई विश्वास छ, यो अफरले ग्राहकहरूलाई अझै किफायती मूल्यमा हाम्रो फ्ल्यागशिप मोडेल प्रदान गर्नेछ।’
पोको एम-५ मा ६.९५ इन्च ९० हर्ज एफएचडी प्लस डिस्प्ले रहेको स्मार्टफोन हो। सो मोबाइल फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ। ५० मेगापिक्सलको प्राइमरी सेन्सर, २ मेगापिक्सलको म्याक्रो लेन्स र २ मेगापिक्सलको डेप्थ सेन्सरसहित पछाडि ट्रिपल क्यामेरा सेटअप छ।
अगाडि ५ मेगापिक्सलको सेल्फी क्यामेरा जडान गरिएको यस मोबाइलको मूल्य ४ जीबी प्लस ६४ जीबी क्षमताको १९ हजार ९ सय ९९ र ६ जीबी प्लस १२८ जीबी क्षमताको २० हजार ४ सय ९९ रुपैयाँ रहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 