पूर्वगृहमन्त्री खाणको बयान सुरु हुँदै, सरकारी वकिलको कार्यालय लगियो

हिमाल प्रेस १ जेठ २०८० ११:३९ | Monday, May 15, 2023
पूर्वगृहमन्त्री खाणको बयान सुरु हुँदै, सरकारी वकिलको कार्यालय लगियो

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग आजदेखि बयान लिइँदैछ। त्यसका लागि प्रहरीले प्रहरीले बयानका लागि सरकारी वकिलको कार्यालय, बबरमहल लगेको हो।

पूर्वगृहमन्त्री खाणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको थियो।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणमा पूर्वगृहमन्त्री खाणको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनी गतसाता पक्राउ परेका थिए।

यसअघि आइतबार खाणका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान सकिएसँगै पक्राउ परेका ११ जनाको बयान सकिएको छ।

तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन्।

तस्बिर : हिमाल प्रेस

प्रकाशित: १ जेठ २०८० ११:३९ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast