पार्टीको बैठकमा ओलीले भने : लडाकुका नाममा माओवादीले पैसा लिँदैछ

हिमाल प्रेस २८ वैशाख २०८० १२:३० | Thursday, May 11, 2023
पार्टीको बैठकमा ओलीले भने : लडाकुका नाममा माओवादीले पैसा लिँदैछ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अयोग्य लडाकुका नाममा पैसा लिन खोजेको आरोप लगाएका छन्।

च्यासलमा बिहीबार भएको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रमा समस्या भएका बेला लडाकुलाई पैसा दिने निर्णय गर्नु गलत भएको बताएका थिए।

‘विकास निर्माणका काम अवरुद्ध छन्। यस्तो बेलामा बहिर्गमित लडाकु, क–कसलाई भनेर फेरि २ लाख रुपैयाँ बाँड्ने भन्ने एकलौटी निर्णय गरेर माओवादी केन्द्र नेतृत्वको सरकार अघि बढ्न खोजिरहेको छ।’ ओलीले भने।

लडाकु शिविरमा नभएका मानिसका नाममा पैसा बुझेको अवस्थासमेत रहेको ओलीले बताए।

प्रकाशित: २८ वैशाख २०८० १२:३० | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast