पाथीभरा जाने पदमार्गमा ‘फाइबर’को छहारी

हिमाल प्रेस ३१ वैशाख २०८० १७:४६ | Sunday, May 14, 2023
पाथीभरा जाने पदमार्गमा ‘फाइबर’को छहारी

फुङ्लिङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा ‘फाइबर ट्रस’ (छाहारी) लगाइएको छ। पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रा सहज बनाउने उद्देश्यले पदमार्गमा फाइबर ट्रस लगाइएको हो।

हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। यसका लागि कोशी प्रदेशको पर्यटन मन्त्रालयबाट ५० लाख र पाथीराभरा क्षेत्र विकास समितिको ४० लाख गरी ९० लाख रुपैयाँ बजेट स्रोत निश्चित गरिएको छ।

पाथीभरा पदमार्गमा विगत ३ वर्षयता फाइबर ट्रस लगाउन सुरु गरिएको हो। यसअघि पाथीभरा मन्दिरदेखि ६ सय मिटरसम्म फाइबर ट्रस लगाइएको छ। थप ४ सय मिटरका लागि काम भइरहेको हो।

यस्तै पदमार्ग सोलिङ गरिएको छ भने दायाँबायाँ रेलिङ लगाएको छ। पदमार्गमा शौचालय, खानेपानीका धारा, विश्रामस्थललगायत संरचनासमेत निर्माण भइरहेको पाथीभरा क्षेत्र विकास समितिले बताएको छ।

पाथीभराधामदेखि माथिल्लो फेदी बजारसम्मको २ किलोमिटरमा ट्रस लगाउने योजना छ। पाथीभरा धाम ३ हजार सात सय ९४ मिटरको उचाइमा रहेकाले हिउँदमा बाक्लो हिमपात हुने गरेको छ।

पाथीभरा दर्शनमा आन्तरिक तथा बाह्य गरी वर्षमा लाखौँ तीर्थयात्री आउने गरेका छन्। पाथीभरा जाने पदमार्गमा फाइबर ट्रस लगाएसँगै हिमपात र वर्षा हुँदा तीर्थयात्रीलाई सहज हुने भएको छ। रासस

प्रकाशित: ३१ वैशाख २०८० १७:४६ | Sunday, May 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast