पर्सा बजारमा बस दुर्घटना, ३१ जना घाइते

हिमाल प्रेस १ जेठ २०८० ८:४५ | Monday, May 15, 2023
पर्सा बजारमा बस दुर्घटना, ३१ जना घाइते

पर्सा- पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको हो।

खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ। बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।

दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ।

प्रकाशित: १ जेठ २०८० ८:४५ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast