पर्यटक बसपार्क निर्माण गर्न विद्या भट्टराईको माग

हिमाल प्रेस १० जेठ २०८० ११:५२ | Wednesday, May 24, 2023
पर्यटक बसपार्क निर्माण गर्न विद्या भट्टराईको माग

काठमाडौँ– नेकपा एमालेकी सांसद विद्या भट्टराईले काठमाडौँमा सुविधा सम्पन्न पर्यटक बसपार्क निर्माण गर्न सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।

देशका विभिन्न पर्यटकीय सहरहरूमा जाने पर्यटकहरूका लागि व्यवस्थित र सुविधासम्पन्न पर्यटक बसपार्क काठमाडौँमा निर्माण गरेर पर्यटकहरूलाई सुविधा दिनुपर्ने उनको भनाइ छ।

नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरू काठमाडौँमा बसपार्क नभएका कारण असुरक्षित भइरहेकाले पनि सरकारले उनीहरूलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाइ नगर्न उनले सरकारको ध्यानाकर्षण गराइन्।

‘सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रूपमा मनाउने योजना अनुरूप नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ। तर देशको राजधानी काठमाडौँमा आजसम्म टुरिष्ट बसपार्क स्थापना हुन सकेको छैन। त्यसैले काठमाडौँमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिष्ट बसपार्क निर्माण गर्न आवश्यक छ,’ उनले भनिन्।

सांसद भट्टराईले सरकारले नेपाल भ्रमण दशक घोषणा गरे पनि त्यस अनुरूपको तयारी गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

प्रकाशित: १० जेठ २०८० ११:५२ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast