परीक्षा हलबाट निकालिएपछि विद्यार्थीले गरिन् आत्महत्या

हिमाल प्रेस २८ वैशाख २०८० १५:३८ | Thursday, May 11, 2023
परीक्षा हलबाट निकालिएपछि विद्यार्थीले गरिन् आत्महत्या

काठमाडौँ- चितवनमा परीक्षा हलबाट शिक्षकले जबर्जस्ती निकालिदिएपछि एक छात्राले आत्महत्या गरेकी छन्। बुधबार चितवन मेडिकल कलेजमा बीडीएस चौँथो वर्ष अध्ययनरत छात्रा सिम्रन थापाले आत्महत्या गरेकी हुन्।

विद्यार्थी संघर्ष समितिले विज्ञप्ति जारी गरी थापालाई वैशाख २७ गते परीक्षा हलबाट शिक्षकले जबर्जस्ती मानसिक तनाव दिएर निकालेको र त्यसपछि आफ्नो कोठामा पुगेर आत्महत्या गरेको बताएको छ।

समितिले दोषीमाथि कारबाहीको माग गर्दै अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ।

प्रकाशित: २८ वैशाख २०८० १५:३८ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast