परिवर्तनमाथि खतरा देखिन थालेको छ : माधव नेपाल

हिमाल प्रेस १ जेठ २०८० २०:०२ | Monday, May 15, 2023
परिवर्तनमाथि खतरा देखिन थालेको छ : माधव नेपाल माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको परिवर्तनमाथि खतरा देखिन थालेको बताएका छन्। विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नेपालले परिवर्तनमाथि खतरा देखिएकाले कम्युनिष्टहरू गम्भीर हुनुपर्ने बताएका हुन्।

अध्यक्ष नेपालले संविधान, संघीयता नै संकटमा पर्न थालेको भन्दै कम्युनिष्टहरूले गम्भीर भएर आफ्नो जिम्मेवारी महसुस गर्नुपर्ने बताए। मुलुकको व्यवस्था र अवस्थामा धेरै बदल्न बाँकी रहेकाले कम्युनिस्टहरू जनताको सेवामा समर्पित हुनुपर्ने उनको भनाइ थियो। युवाहरूले मुलुकभित्र नै उत्पादनशील काममा लाग्न सके मुलुकको समृद्धि हुने उनले बताए।

प्रकाशित: १ जेठ २०८० २०:०२ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast