परराष्ट्रमन्त्री साउद शुक्रबार बंगलादेश जाने

हिमाल प्रेस २८ वैशाख २०८० १७:४८ | Thursday, May 11, 2023
परराष्ट्रमन्त्री साउद शुक्रबार बंगलादेश जाने

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउद भोलि (शुक्रबार) बंगलादेश जाने भएका छन्। छैटौँ ‘इन्डियन ओसियन कन्फ्रेन्स’मा भाग लिन साउद बंगलादेश जान लागेका हुन्।

भविष्यका लागि शान्ति, समृद्धि र सहभागिता नारा दिइएको सम्मेलन बंगलादेशको राजधानी ढाकामा शुक्रबार र शनिबार दुई दिन हुनेछ। शनिबार परराष्ट्रमन्त्री साउदले सम्मेलनलाई सम्बोधन गर्नेछन्।

भ्रमणका क्रममा साउदले बंगलादेशका शीर्ष राजनीतिक नेतृत्व र अन्य देशका समकक्षीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। साउद आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम छ। यो सम्मेलन पहिलोपटक सन् २०१६ मा सिंगापुरमा भएको थियो।

प्रकाशित: २८ वैशाख २०८० १७:४८ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast