परराष्ट्रमन्त्री साउद शुक्रबार बंगलादेश जाने

हिमाल प्रेस २८ वैशाख २०८० १७:४८
परराष्ट्रमन्त्री साउद शुक्रबार बंगलादेश जाने

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउद भोलि (शुक्रबार) बंगलादेश जाने भएका छन्। छैटौँ ‘इन्डियन ओसियन कन्फ्रेन्स’मा भाग लिन साउद बंगलादेश जान लागेका हुन्।

भविष्यका लागि शान्ति, समृद्धि र सहभागिता नारा दिइएको सम्मेलन बंगलादेशको राजधानी ढाकामा शुक्रबार र शनिबार दुई दिन हुनेछ। शनिबार परराष्ट्रमन्त्री साउदले सम्मेलनलाई सम्बोधन गर्नेछन्।

भ्रमणका क्रममा साउदले बंगलादेशका शीर्ष राजनीतिक नेतृत्व र अन्य देशका समकक्षीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। साउद आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम छ। यो सम्मेलन पहिलोपटक सन् २०१६ मा सिंगापुरमा भएको थियो।

प्रकाशित: २८ वैशाख २०८० १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast