न्याय सेवाका ६६३ कर्मचारीको सरुवा र पदस्थापन (नामावलीसहित)

हिमाल प्रेस ३० वैशाख २०८० ९:०३ | Saturday, May 13, 2023
न्याय सेवाका ६६३ कर्मचारीको सरुवा र पदस्थापन (नामावलीसहित)

काठमाडौँ- न्याय सेवा आयोगले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ।

आयोगले शुक्रबार ६६३ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको हो।
आयोगले अधिकृतदेखि सहसचिव तहसम्मका कर्मचारीको सरुवा गरेको छ भने दुई दर्जन बढी कर्मचारीहरूको पदस्थापन गरेको छ।

आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका अधिकृतहरूको सरुवा गरेको छ।

सरुवामा परेकामा सरकारी वकिलतर्फ राजपत्राकिंत प्रथम श्रेणीका १८, कानुन समूहका राजपत्रांकित द्वितीय श्रेणीका १०५, न्याय समूहका राजपत्रांकित तृतीय श्रेणीका ३८९, कानुन सेवाकै राजपत्राकित तृतीय श्रेणीका १० र सरकारी वकिलतर्फका १३१ जना छन्।

प्रकाशित: ३० वैशाख २०८० ९:०३ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast