नेपाल लाइफद्वारा ६४ लाख २५ हजार दाबी भुक्तानी

हिमाल प्रेस १६ जेठ २०८० १२:२४ | Tuesday, May 30, 2023
नेपाल लाइफद्वारा ६४ लाख २५ हजार दाबी भुक्तानी

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रुपैयाँको दावी भुक्तानी गरेको छ।

कैलालीको टीकापुर–१ घर भएका बिमित नरबहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण निधन भएको थियो। टीकापुरमा आयोजित एक कार्यक्रमबीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति तथा उनकी श्रीमती ज्ञानुदेवी साउदलाई हस्तान्तरण गरेका हुन्।

नरबहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स टीकापुर शाखा कार्यालयबाट २०७५ भदौमा ५० लाख बिमांक भएको जीवन बिमा योजना लिएका थिए। बिमांक बापतको रकमअन्तर्गत ५० लाख र बोनस बापत १४ लाख २५ हजार गरी ६४ लाख २५ हजार दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १६ जेठ २०८० १२:२४ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast