नेपाल-भारत सीमा चुस्त हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

हिमाल प्रेस ३० वैशाख २०८० १६:३३ | Saturday, May 13, 2023
नेपाल-भारत सीमा चुस्त हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सीमा क्षेत्र चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छन्। शनिबार काठमाडौँमा एक कार्यक्रममा उनले सांस्कृतिक र कूटनीतिक सम्बन्ध सुधारका लागि भौगोलिक सीमा स्पष्ट हुनुपर्ने बताएकी हुन्।

उनले शनिबार सुरेन्द्र भण्डारी र अच्युत गौतमद्वारा लिखित ‘नेपालइन्डिया फ्रन्टियर डिप्लोमेसी इन रिफ्रेन्स टु काली रिभर : पर्स्पेक्टिभ अफ इन्टरनेशनल ल’ नामक कूटनीतिक पुस्तक लोकार्पण गरिन्। सोही सन्दर्भमा उनले उक्त दुई देशको सांस्कृतिक र कूटनीतिक सम्बन्ध सुधारका लागि देशबीचको भौगोलिक सिमाना पनि स्पष्ट हुुनुपर्ने बताएकी हुन्।

कालापानी, लिपुलेक र लिम्पियाधूरा नेपाली भूभाग भएकाले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

कालापानी, लिपुलेक र लिम्पियाधूरा नेपालको नक्सामा समावेशपछि मुलुकमा सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सिलसिलामा ऐतिहासिक नयाँ चेतना जागृत भएको उनले बताइन्।

उक्त पुस्तकमा नेपालको भारत र चीनसँगको सम्बन्ध र सीमा तथा बेलायतलगायत देशसँग सम्बन्धित विभिन्न तथ्यतथ्याङ्क समावेश छन्।

प्रकाशित: ३० वैशाख २०८० १६:३३ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast