नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमै भ्रष्टाचार हुन्छ : देवेन्द्र दाहाल

हिमाल प्रेस २६ वैशाख २०८० १२:१२ | Tuesday, May 9, 2023
नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमै भ्रष्टाचार हुन्छ : देवेन्द्र दाहाल

काठमाडौँ- राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा भ्रष्टाचार हुने गरेको बताएका छन्। मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारले प्रतिबद्धता गर्नुपर्ने बताए।

‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने। सुरुमा साइन गर्दा यही सदनमा मैले उठाएको थिएँ,’ उनले भने, ‘साइनिङ मनी लिने, २–३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेसनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने। यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन।’

उनले यस्ता विषयहरू रोक्न सरकारले कस्तो कदम चालिरहेको छ भनेर प्रश्न पनि गरे।

प्रकाशित: २६ वैशाख २०८० १२:१२ | Tuesday, May 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast