नीति तथा कार्यक्रम जनताको समस्या समाधानमा केन्द्रित छ : माधव नेपाल

हिमाल प्रेस ६ जेठ २०८० २१:१० | Saturday, May 20, 2023
नीति तथा कार्यक्रम जनताको समस्या समाधानमा केन्द्रित छ : माधव नेपाल माधवकुमार नेपाल

जनकपुरधाम– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रिय समस्याका रूपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ। भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोहोर्‍याउन कठिन हुने भएकाले यो राष्ट्रिय समस्या समाधान हुनु आवश्यक रहेको उनले उल्लेख गरे।

भ्रष्टाचारलाई निर्मूल पार्नु नै अहिले पहिलो प्राथमिकता हुनुपर्ने उनले जनाए। ‘सरकार मुलुकमा सुशासन कायम गर्नका लागि कदम उठाइरहेको छ। यो राम्रो विषय हो। नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानमा केन्द्रित छ,’ उनले भने।

रेशम चौधरीको रिहाइका लागि सबै राजनीतिक दलहरू लागि रहेको उनले बताए। मधेस सरकारको नेतृत्व परिवर्तन वा सरकार परिवर्तनको कुरा उठिरहेको बेला उनले जसपा संसदीय दलका नेता सरोज यादव नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिने गरी सहमति भएको स्पष्ट पारे।

प्रकाशित: ६ जेठ २०८० २१:१० | Saturday, May 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast