काठमाडौँ- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त भएका वीरेन्द्र महतो र राज्यमन्त्री प्रमिला कुमारीले बुधबार शपथ लिएका छन्। महतोलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शपथ गराएका हुन्।
प्रमिला कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराए। महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएकी हुन्।
                            प्रकाशित: १० जेठ  २०८० ११:१८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

