 
                             
                                            काठमाडौँ- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा तीनदिने ग्रामीण चलचित्र महोत्सव हुने भएको छ। महोत्सव चलचित्र विकास बोर्डको सहयोग र सेलिब्रेटी नेपाल नामक संस्थाको आयोजनामा हुन लागेको हो।
ग्रामीण परिवेशमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नमोबुद्धमा आगामी जेठ २५, २६ र २७ गते महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार महोत्सवमा ग्रामीण परिवेशमा आधारित २६ वटा फिल्म तथा डकुमेन्ट्री फिल्मको प्रदर्शनीसमेत गरिनेछ। प्रदर्शन गरिएका चलचित्र तथा डकुमेन्ट्रीलाई उत्कृष्ट १० विधामा अवार्ड प्रदान गरिनेछ।
साथै सरोकारवालाबीच ग्रामीण परिवेशमा आधारित फिल्मको समीक्षासमेत गरिने योजना रहेको आयोजकले जनाएको छ।
                            प्रकाशित: १६ जेठ  २०८० ११:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 