नमोबुद्धमा ग्रामीण चलचित्र महोत्सव हुँदै

हिमाल प्रेस १६ जेठ २०८० ११:०९ | Tuesday, May 30, 2023
नमोबुद्धमा ग्रामीण चलचित्र महोत्सव हुँदै

काठमाडौँ- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा तीनदिने ग्रामीण चलचित्र महोत्सव हुने भएको छ। महोत्सव चलचित्र विकास बोर्डको सहयोग र सेलिब्रेटी नेपाल नामक संस्थाको आयोजनामा हुन लागेको हो।

ग्रामीण परिवेशमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नमोबुद्धमा आगामी जेठ २५, २६ र २७ गते महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सवमा ग्रामीण परिवेशमा आधारित २६ वटा फिल्म तथा डकुमेन्ट्री फिल्मको प्रदर्शनीसमेत गरिनेछ। प्रदर्शन गरिएका चलचित्र तथा डकुमेन्ट्रीलाई उत्कृष्ट १० विधामा अवार्ड प्रदान गरिनेछ।

साथै सरोकारवालाबीच ग्रामीण परिवेशमा आधारित फिल्मको समीक्षासमेत गरिने योजना रहेको आयोजकले जनाएको छ।

प्रकाशित: १६ जेठ २०८० ११:०९ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast