नक्कली शरणार्थी प्रकरणको छानबिनबारे संसद्लाई जानकारी गराउन रास्वपाको माग

हिमाल प्रेस १ जेठ २०८० १३:५९ | Monday, May 15, 2023
नक्कली शरणार्थी प्रकरणको छानबिनबारे संसद्लाई जानकारी गराउन रास्वपाको माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनको विषय संसद्लाई जानकारी गराउन माग गरेको छ। आज (सोमबार) संसद् बैठकमा बोल्दै रास्वापाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखमार्फत् सरकारलाई यो प्रकरणको प्रगतिबारे संसद्लाई जानकारी गराउन माग गरेका हुन्।

‘घटनाको छानबिन कहाँ पुगेको छ सभामुखमार्फत् गृहमन्त्रीलाई संसद्‍मा जबाफ दिन अनुरोध छ,’ उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीतिलाई लज्जित बनाएको छ।’

उनले जल्लाबोध गरेर खेद प्रस्ताव पारित गर्न पनि सभामुखमार्फत सरकारसँग माग गरेका छन्।

प्रकाशित: १ जेठ २०८० १३:५९ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast