नक्कली भुटानी शरणार्थी प्रकरण : सोमबार प्रतिवेदन पेस गरिने

हिमाल प्रेस ७ जेठ २०८० १९:११ | Sunday, May 21, 2023
नक्कली भुटानी शरणार्थी प्रकरण : सोमबार प्रतिवेदन पेस गरिने शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी।

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पक्राउ परेकाहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबर अदालतमा उपस्थित गराएको थियो।

त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको न्यायाधिवक्ता महेशकुमार खत्रीले बताए। प्रहरीले अनुसन्धान टुंग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने विषयमा सोमबार १० बजेसम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस गर्नुपर्ने जानकारी आएको खत्रीको भनाइ छ।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि अभियोजनको काम सुरु हुनेछ। थप अनुसन्धान प्रतिवेदन आएपछि अभियोजनपत्र कसरी तयार गर्ने तथा कागज प्रमाण र तथ्य के छन् भन्ने अध्ययन गरिने उनको भनाइ छ।

खत्रीले भने, ‘संगठित अपराध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। भोलि बिहान १० बजेसम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस गर्न जानकारी आएको छ। त्यसपछि अभियोजनको कामको गृहकार्मा जुट्नेछौँ।’

उनले प्रहरी अनुसन्धान प्रतिवेदन आइनसकेको हुनाले यसमा संगठित अपराध प्रतिवेदन नक्कल गरेको, शरणार्थी कार्ड नक्कली बनाएको र राष्ट्रकै अपमान अभियोजनका विषयमा कुराकानी भइरहेको जानकारी दिए। उनले भने, ‘प्रतिवेदन अध्ययन नगरी हामीले अहिले नै स्पष्ट रुपमा भन्न सक्दैनौँ।’

प्रकाशित: ७ जेठ २०८० १९:११ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast