नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ : प्रकाशमान सिंह

हिमाल प्रेस २९ वैशाख २०८० १२:०० | Friday, May 12, 2023
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्न जोकोहीमाथि पनि छानबिन गरी कारबाही गरिनुपर्ने बताएका छन्।

उनले निष्पक्ष रूपमा छानबिन गरिनुपर्ने पनि बताए। ‘नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि छानबिनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस्,’ सिंहले भने।

उनले दोषीहरू छुट्न नहुने र निर्दोषहरू पर्न नहुने पनि बताए। ‘दोषीले उन्मुक्ति पाउन हुँदैन,’ उनले भने, ‘प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाओस्।’

 

प्रकाशित: २९ वैशाख २०८० १२:०० | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast