नक्कली भुटानी शरणार्थी काण्ड दबाउन खाेजे आँधीबेहरी आउँछ : कमल थापा

हिमाल प्रेस २७ वैशाख २०८० २०:३३ | Wednesday, May 10, 2023
नक्कली भुटानी शरणार्थी काण्ड दबाउन खाेजे आँधीबेहरी आउँछ : कमल थापा फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख दलका शीर्ष नेताहरूको गतिविधि आपत्तिजनक रहेको बताएका छन्।

नक्कली शरणार्थी प्रकरण मानव तस्करी, संगठित अपराध र ठगी रहेकाले उक्त किसिमका जघन्य अपराधको छानबिन प्रभावित पार्ने गरी शीर्ष नेताहरूले गरिरहेको बैठक, तालमेल र गतिविधि आपत्तिजनक रहेको बताएका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नक्कली शरणार्थी काण्ड दबाउने काम भएमा जनआक्रोसको आँधिबेहरी आउने उल्लेख गरेका छन्। ‘यो काण्ड दबाउने काम गरियो भने जनआक्रोशको आँधीबेहरी कसैले रोक्न सक्दैन,’ उनले लेखेका छन्।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँड बुधबार पक्राउ परेपछि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठक बसेको थियो। बैठकप्रति लक्षित गर्दै थापाले सार्वजनिक भइसकेको घटना दबाउन नहुने उल्लेख गरेका छन्।

प्रकाशित: २७ वैशाख २०८० २०:३३ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast