‘देव वाणी’को छायांकन सुरु

हिमाल प्रेस १४ जेठ २०८० १४:४४ | Sunday, May 28, 2023
‘देव वाणी’को छायांकन सुरु

काठमाडौँ- फिल्म ‘देव वाणी’को छायांकन सुरु गरिएको छ। बाराको सिमराबाट फिल्मको छायांकन सुरु गरिएको निर्माण टिमले जनाएको छ। बाबु साहेब बलामीले निर्देशनमा बन्न लागेको फिल्मका निर्माता मिना खड्का र हिराबहादुर लेप्चा हुन्।

फिल्ममा कलाकार सुनिल थापा, कुन्दन भारद्वाज, रवीन्द्र झा, मौसम पौडेल, अनुजा लेप्चा, ध्रुव कोइराला, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारीलगायतको अभिनय रहनेछ।

निर्माण टिमका अनुसारफिल्म मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा हिन्दी र नेपाली दुइटै भाषामा बन्नेछ। फिल्मको छायांकन हरिबहादुर घलेले गर्नेछन्। छायांकन सिमरासहित वीरगन्ज, इटहरी र काठमाडौँमा हुनेछ।

प्रकाशित: १४ जेठ २०८० १४:४४ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast