दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’

हिमाल प्रेस ४ जेठ २०८० १२:५५ | Thursday, May 18, 2023
दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’

काठमाडौँ- चलचित्र विकास बोर्डले ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ गर्ने भएको छ। महोत्सव आगामी असार १ देखि ३ गतेसम्म लुम्बिनी प्रदेशको दाङमा हुन लागेको हो।

महोत्सवमा बालबालिकासँग सम्बन्धित र बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक फिल्महरूको प्रदर्शनी हुने बोर्डले जनाएको छ।

बोर्डका अनुसार महोत्सवमा फिल्मसम्बन्धी हाजिरजबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी तथा नृत्य प्रतियोगितासमेत हुनेछ।

बालबालिकाहरूलाई फिल्मको माध्यमबाट शिक्षा र संस्कृतिमा अगाडि बढाउने, फिल्मको अभ्यास गराउने, बाल फिल्म क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवमा नेपालका बालबालिकाहरू तथा उनीहरूले निर्माण गरेका फिल्महरू सहभागी गराउन मद्दत पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बोर्डले जनाएको छ।

प्रकाशित: ४ जेठ २०८० १२:५५ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast