फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रम आशलाग्दो रहेको प्रतिक्रिया दिएकी छन्। तर, कार्यान्वयनमा शंका रहेको उनको भनाइ छ।
‘हामीजस्तो रचनात्मक प्रतिपक्ष भएको समय छ। अब हेरौँ, यसपटक कार्यान्वयन हुन्छ कि?’ संसद् भवनबाट बाहिरिने क्रममा उनले भनिन्। उनले नीति तथा कार्यक्रमअनुसारकै बजेट ल्याएर कार्यान्वयनमा लगेर देशको अर्थतन्त्र उकास्नु नै अहिलेको मुख्य काम भएको पनि बताइन्।
प्रकाशित: ५ जेठ २०८० १९:१० | Friday, May 19, 2023
प्रतिक्रिया




