तीन लघुबिमाले थप समयमा पनि जुटाउन सकेनन् पुँजी

हिमाल प्रेस १४ जेठ २०८० १३:४१ | Sunday, May 28, 2023
तीन लघुबिमाले थप समयमा पनि जुटाउन सकेनन् पुँजी

काठमाडौँ- नेपाल बिमा प्राधिकरणबाट नयाँ लाइसेन्स पाएका तीन लघुबिमा कम्पनीले थपिएको समयमा पनि पुँजी जुटाउन सकेका छैनन्।

जबकि नयाँ लाइसेन्स पाएका सातमध्ये चार लघुबिमा कम्पनी भने जेठभित्र कारोबार थाल्ने तयारीमा छन्।

प्राधिकरणले लघुबिमा कम्पनीका लागि ७५ करोड रुपैयाँ चुक्ता पुँजीको सीमा दिएको थियो। तोकिएको समयमा स्टार माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो र लिबर्टी माइक्रो इन्स्योन्सले पुँजी पुर्‍याउन सकेका थिएनन्। उक्त समयमा पुँजी जुटाउन नसकेका लघुबिमा कम्पनीलाई प्राधिकरणले चैत १७ गते थप ४५ दिन समय थपेको थियो।

नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफले ४५ दिनभित्र पुँजी पुर्‍याएका थिए।

प्रकाशित: १४ जेठ २०८० १३:४१ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast