तामाकोशी-५ निर्माणका लागि सञ्चय कोषसँग लगानी सम्झौता

हिमाल प्रेस ७ जेठ २०८० २१:४० | Sunday, May 21, 2023
तामाकोशी-५ निर्माणका लागि सञ्चय कोषसँग लगानी सम्झौता

काठमाडौँ- तामाकोशी-५ जलविद्युत् आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषसँग लगानी सम्झौता गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण, तामाकोशी कम्पनी लिमिटेड र कर्मचारी सञ्चयकोषबीच लगानी सम्झौता गरिएको हो।

सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारी र सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सञ्चयकोषले आयोजनामा १३ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गर्नेछ। तामाकोशी-५ जलविद्युत् आयोजना निर्माणका लागि २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

बाँकी लगानीका लागि सेयर निष्कासन गरिने कम्पनीले जानकारी दिएको छ। ९९.८ मेगावाटको उक्त जलविद्युत् आयोजना निर्माणको काम ४ वर्षभित्र सक्ने लक्ष्य लिइएको कम्पनीले बताएको छ। आयोजना दोलखाको बिगु गाउँपालिकामा निर्माण गरिनेछ।

४५६  मेगावाटको माथिल्लो तामाकोशीको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी तामाकोशी-५ निर्माण हुन लागेको हो।

प्रकाशित: ७ जेठ २०८० २१:४० | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast