काठमाडौ- काभा वुमन्स च्यालेन्ज कप भलिबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। आइतबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा काजकस्तानलाई ३-० को सेटमा हराउँदै भारतले उपाधि जितेको हो।
८ टिम सहभागी रहेको प्रतियोगितामा नेपाल तेस्रो भएको छ। नेपालले आइतबार उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो। नेपाली टिमकी सलिना श्रेष्ठ प्रतियोगिताकी उत्कृष्ट ‘लिबेरो’ भइन्।

त्यस्तै काजकस्तानकी बोला उवातेवा बेस्ट आउटसाइड हिटर भइन्। भारतकी अनुश्री पोइली सेकेन्ड बेस्ट आउटसाइड हिटर भइन्। त्यस्तै उत्कृष्ट मिडिल ब्लकर भारतकै सूर्या थोतांगाल र उत्कृष्ट सेटर भारतकै कोभट साजी जिनी भए।





प्रकाशित: १४ जेठ २०८० २०:५३ | Sunday, May 28, 2023
प्रतिक्रिया





