ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

हिमाल प्रेस ५ जेठ २०८० १०:१२ | Friday, May 19, 2023
ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

दार्चुला- दार्चुलामा ढुंगाले लागेर व्यास गाउँपालिका-१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ। अर्का एक संकलक घाइते भएका छन्।

यार्सागुम्बा संकलनका क्रममा बिहीबार ढुंगाले लागेर व्यास गाउँपालिका-१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

यार्सागुम्बा संकलन गर्ने क्रममा माथिबाट खसेको ढुंगाले उनको टाउकोमा चोट लागेको थियो। ऐतवालको घटनास्थलमै मृत्यु भएको उनले बताए।

सितापुल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ। सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए।

प्रकाशित: ५ जेठ २०८० १०:१२ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast