ट्विटरले ईयू डिसइनफर्मेसन कोड छोड्दै

हिमाल प्रेस १३ जेठ २०८० १७:२२ | Saturday, May 27, 2023
ट्विटरले ईयू डिसइनफर्मेसन कोड छोड्दै

ब्रसेल्स- ट्विटरले युरोपेली संघको डिसइनफर्मेसन कोड छोड्ने निर्णय गरेको छ। ‘एक स्वैच्छिक सम्झौताअनुसार प्रमुख सामाजिक प्लेटफर्म एकसाथ समूह बनाउँदा यसका दायित्व रहन्छन् र त्यसको पालना हुनुपर्छ,’ ईयू उद्योग आयुक्त थियरी ब्रेटनले शनिबार ट्वीटमा उल्लेख गरेका छन्।

सन् २०१८ मा सुरु गरिएको ईयूको डिसइन्फर्मेसनको अभ्यास कोडले मेटा, गुगल, ट्विटर, माइक्रोसफ्ट र टिकटकजस्ता सामाजिक सञ्जालसहित लगभग तीन दर्जन हस्ताक्षरकर्तालाई समावेश गरेको थियो।

त्यसबेला कोड प्रयोगकर्ताले तथ्यजाँचकर्तासँग विकृति वितरण गर्ने संरचनालाई बढावा नगर्नेजस्ता तीन दर्जनभन्दा बढी प्रतिज्ञा गरेका थिए। आफूले प्रतिज्ञा गरेका कुराको पालना गर्नु आवश्यक हुन्छ तर एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि प्रतिज्ञाको पालनामा अनुदार रहेका पाइन्छन्।

युरोपेली आयोगका एक अधिकारीले शुक्रबार एएफपीलाई भनेका थिए, ‘यदि (एलोन मस्क)ले कोडलाई गम्भीरतापूर्वक लिएनन् भने उनले राजीनामा दिनु राम्रो हुन्छ।’ रासस/एएफपी

प्रकाशित: १३ जेठ २०८० १७:२२ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast