 टोपबहादुर रायमाझी
                             टोपबहादुर रायमाझी 
                                            काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिने भएको छ।
आइतबार साँझ बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई आइतबार नै काठमाडौँ परिसर लगिएको थियो।
प्रहरीले आज उनको स्वास्थ्य परीक्षण गरेर म्याद थपका लागि जिल्ला अदालत लैजानुभन्दा अगाडि केही समय बयान लिने तयारी गरिरहेको छ।
गत २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनी ११ दिनमा आइतबार पक्राउ परेका हुन्।
                            प्रकाशित: १ जेठ  २०८० ७:३३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 