 
                             
                                            काठमाडौँ- पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिने भएको छ।
सन्दीपलाई काठमाडौँ ल्याउनका लागि भैरहवा विमानस्थल लगिएको छ। सन्दीपलाई बुद्ध एयरको विमानमार्फत् काठमाडौँ ल्याइँदैछ।
सन्दीपसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन्।
यो प्रकरणमा पूर्वगृह सचिव तथा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन्। उनमाथि थप अनुसन्धानका लागि चलिरहेको प्रहरीले जानकारी दिएको छ।
                            प्रकाशित: २१ वैशाख  २०८० ८:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 