टोपबहादुरलाई हिरासतमा राख्न तीन दिनको म्याद

हिमाल प्रेस १ जेठ २०८० १६:३८ | Monday, May 15, 2023
टोपबहादुरलाई हिरासतमा राख्न तीन दिनको म्याद टोपबहादुर रायमाझी

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोपमा पक्राउ परेका एमालेका निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आज सोमबार जिल्ला अदालत काठमाडौँले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित पक्राउ पर्नेको संख्या १३ पुगेको छ। पक्राउ पर्ने अन्यमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, गोविन्द चौधरी छन्।

प्रकाशित: १ जेठ २०८० १६:३८ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast