झापामा १० महिनामा १२ जनाको हत्या, अधिकांश घटनामा आफन्तकै संलग्‍नता

हिमाल प्रेस १३ जेठ २०८० १३:०६ | Saturday, May 27, 2023
झापामा १० महिनामा १२ जनाको हत्या, अधिकांश घटनामा आफन्तकै संलग्‍नता

झापा– झापामा घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष ०७९ साउनदेखि ०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्यांकले देखाएको हो। हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् ५ जना आफ्नै श्रीमानबाट मारिएका छन्। सामान्य घरायसी विवादमा श्रीमान्ले श्रीमतीको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए।

हत्याका क्रममा अभियुक्तले चिर्पट, खुकुरी, हसिया, बामफोक लगायतका घरेलु हतियार प्रयोग गरेको पाइएको उनको भनाइ छ। ‘आफ्नैबाट बढीको हत्या भएको देखिन्छ, हत्यामा संलग्न सबैलाई तत्काल पक्राउ गरिएको छ, उनीहरु कानुन अनुसारको सजाय भोगिरहेका छन्,’ उनले भने।

जिल्लाका विभिन्न पालिकामा शिशुदेखि वृद्धवृद्धासम्मको हत्या, श्रीमान्, छोरा, आफन्त, छिमेकी र बुहारीलगायतबाट भएको उनले बताए। घरेलु हिंसा, आर्थिक समस्या, मानसिक समस्या, शंका, विवाहोत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड/रक्सी र लागुऔषधका कारण हत्याका घटना परिवारमा धेरै हुने गरेको अनुसन्धानका क्रममा देखिएको उनले बताए।

प्रकाशित: १३ जेठ २०८० १३:०६ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast