झलनाथको प्रश्न : अमेरिकनहरू तारनतार नेपाल किन आइरहेका?

हिमाल प्रेस ३ जेठ २०८० १०:३१ | Wednesday, May 17, 2023
झलनाथको प्रश्न : अमेरिकनहरू तारनतार नेपाल किन आइरहेका? फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल प्रति वैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन्।

उनले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि अमेरिकन सक्रियता र चासो थप बढेको बताएका हुन् ।

बिहान काठमाडौँमा आयोजित ३० औँ मदन-आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै एमसीसी पारित भएपछि अमेरिकन नेताहरू तारान्तर नेपाल आउन थालेका हुन्।

‘एमसीसी पारित भए पछि अमेरिकन नेताहरू तारनतार नेपाल आएका छन्, उनीहरू किन आइरहेका छन्? सरकारले भनेको छैन,’ उनले भने, ‘यो सब भइरहेको विषयलाई गम्भीर रूपमा हेर्नुपर्छ, अमेरिकनहरूबाट खुल्लम खुल्ला रूपमा यस्तो वैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन।’

पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखेल थप बढेको उल्लेख गर्दै नेता खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने अवस्था आएको जनाएका छन्। भण्डारीले वैदशिक हस्तक्षेपका विरुद्ध डटेर सामना गर्नका लागि सदैव प्रेरणा दिने गरेको पनि खनालले स्मरण गरे।

प्रकाशित: ३ जेठ २०८० १०:३१ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast