ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

हिमाल प्रेस ४ जेठ २०८० ११:४७ | Thursday, May 18, 2023
ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

काठमाडौँ- ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन्। जेठ ३ गते बुधबार सम्पन्न सञ्चालक समितिको २७औँ बैठकले ढकाललाई क्यापिटलको अध्यक्ष नियुक्त गरेको हो।

उनी  ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा पनि छन्।

बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव ढकाल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनीसँग डिलाइट इन्डिया, आईसीआईसीआई बैंक इन्डियामा काम गरेको अनुभव छ।

ढकालले हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत र एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा पनि काम गरिसकेका छन्।

यसका साथै उनले एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रूपमा काम गरिसकेका छन्।

ज्योति विकास बैंकको सहायक कम्पनीको रूपमा रहेको ज्याति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ।

यस क्यापिटलले चालु आव २०७९/८० को तेस्रो त्रैमाससम्म १ करोड २४ लाख ७१ हजार रुपैयाँ मुनाफा गरेको छ।

प्रकाशित: ४ जेठ २०८० ११:४७ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast