ज्ञानेन्द्र शाहीको प्रश्नमा प्रचण्डको जवाफ : लडाकु शिविरमा भ्रष्टाचार भएको भए जेल जान तयार छु

हिमाल प्रेस ४ जेठ २०८० १३:४१ | Thursday, May 18, 2023
ज्ञानेन्द्र शाहीको प्रश्नमा प्रचण्डको जवाफ : लडाकु शिविरमा भ्रष्टाचार भएको भए जेल जान तयार छु प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा भ्रष्टाचार भएको भए आफू जेल जान तयार रहेको बताएका छन्।

आजको प्रतिनिधिसभा बैठकको सवाल जवाफमा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीको प्रश्नको जवाफ दिँदे पूर्वलडाकुलाई बारेमा अहिले अतिरञ्जीत गराउन थालिएको बताएका छन्।

‘देशका लागि लड्ने, परिवर्तनका लागि लड्नेलाई आरोप लगाइदैछ। यसबारे त्यहीबेला प्रमाणसहित रकम हस्तान्तरण गरिएको हो,’ प्रचण्डले भने,‘पूर्वलडाकुका विषयमा भ्रष्टाचार भएको भन्ने विषयमा म दोषी भए जेल जान तयार छु।’

राप्रपा सांसद शाहीले ‘ लडाकु शिविरमा विगतमा ‘फेक’ लडाकु राखिएको भन्ने आएको छ। अब विशेष समिति बनाउन तयार हुनुहुन्छ?’ भनेर प्रश्न गरेका थिए।

प्रकाशित: ४ जेठ २०८० १३:४१ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast