जलहरी प्रकरणमा शेखर कोइराला : सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु विडम्बनापूर्ण

हिमाल प्रेस १४ जेठ २०८० १०:३२ | Sunday, May 28, 2023
जलहरी प्रकरणमा शेखर कोइराला : सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु विडम्बनापूर्ण फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अनियमिततासम्बन्धी विषय शीर्ष नेताहरूको सहमतिमा संसद्को रेकर्डबाट हटाएकोमा आपत्ति व्यक्त गरेका छन्। आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतमा अनियमितता सधैँ ढाक्न नसकिने बताएका हुन्।

‘कस्तो विडम्बना! संसद्‍मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियतासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुरूप कार्य गर्ने,’ उनले लेखेका छन्, ‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौँ। के हाम्रो सांसद्ले संविधानले दिएको अधिकार स्वतन्त्र रूपमा उपभोग पनि गर्न नपाउने होरु’

जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा सांसद लेखनाथ दाहालले केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए। संसद्भित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधिसभा बैठक अवरोध गरेको थियो। सोही विषयलाई टुंग्याई सदन सञ्चालन गर्न शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच शनिबार छलफल भएको थियो।

प्रचण्डले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संस्द्मा उनकै दलले दिएको अभिव्यक्तिको बचाउ गरेका थिए।

प्रकाशित: १४ जेठ २०८० १०:३२ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast