जलनका बिरामीलाई पनि क्यान्सरसरह सहयोग उपलब्ध गराउन सांसद भण्डारीको माग

हिमाल प्रेस १० जेठ २०८० १५:२७ | Wednesday, May 24, 2023
जलनका बिरामीलाई पनि क्यान्सरसरह सहयोग उपलब्ध गराउन सांसद भण्डारीको माग

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनका बिरामीहरूलाई पनि क्यान्सर रोगसरह आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

बुधबारको संसद् बैठकमा बोल्दै उनले जलनको मारमा गरिब मानिसहरू बढी पर्ने भएकाले क्यान्सर, मिर्गौला रोगलाई जस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने बताएका हुन्।

उनले ग्यास र बिजुली जस्ता विषयवस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

सांसद भण्डारीले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एसियाकै सबल हुने दाबीसमेत गरे। सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: १० जेठ २०८० १५:२७ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast