जनप्रतिनिधिलाई ओलीको निर्देशन : २०८४ को निर्वाचनमा ५१ प्रतिशत सिट एमालेको हुनुपर्छ

हिमाल प्रेस १२ जेठ २०८० १५:५० | Friday, May 26, 2023
जनप्रतिनिधिलाई ओलीको निर्देशन : २०८४ को निर्वाचनमा ५१ प्रतिशत सिट एमालेको हुनुपर्छ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचन केन्द्रित हुन पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।

स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौँमा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘०८४ को चुनावमा हाम्रो पार्टीले लिएको नीति भनेको हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी हुनुपर्छ।’

ओलीले पार्टीको नीतिअनुसार पार्टीबाट उम्मेदवार बनेर जनप्रतिनिधि बनेकाहरू र नेता कार्यकर्ताले मिलेर काम गरे ५१ प्रतिशत बढी ठाउँमा एमालेले निर्वाचन जित्ने दाबी गरे। ओलीले भने, ‘छवडामा, टोलमा, भोटमा सिटमा हरेक ठाउँमा। वडा सदस्यदेखि लिएर पालिका अध्यक्ष उपाध्यक्ष लगायत ५१ प्रतिशतभन्दा माथि छौँ भने हरेक ठाउँमा जित्नसक्छौँ।’

प्रकाशित: १२ जेठ २०८० १५:५० | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast