जनतामा आशा जगाउने किसिमको बजेट छैन : लिङदेन

हिमाल प्रेस १५ जेठ २०८० २२:०६ | Monday, May 29, 2023
जनतामा आशा जगाउने किसिमको बजेट छैन : लिङदेन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन्। सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा अध्यक्ष लिङदेनले उक्त प्रतिक्रिया दिएका हुन्।

मुलुकको वर्तमान आर्थिक संकट र चुनौतिको समाधान गर्नुपर्ने अवस्था भए पनि त्यसअनुसार बजेट आउन नसकेको उनले बताए। विगतका सरकारले ल्याउने बजेट सुन्दा राम्रो लागे पनि कार्यान्यनमा समस्या हुने गरेको भन्दै अहिलेको बजेट पनि कार्यान्वयनमा चुनौति रहेको उनले बताए।

बजेट अनुदान र ऋणमा आधारित भएर आएकाले आशा गर्ने ठाउँ भएको उनको भनाइ थियो। बजेटमा खर्च कटौतिलगायत केही पक्ष सकारात्मक रहे पनि वर्तमान आर्थिक समस्याको समाधानका लागि बजेटले समाधान गर्न नसक्ने उनको भनाइ थियो।

प्रकाशित: १५ जेठ २०८० २२:०६ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast