संसद् बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत।
काठमाडौँ- सरकारले लामो समयदेखि बन्द रहेको जग्गा कित्ताकाट फुकुवा गर्ने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै केही समयदेखि रोकिएको जग्गा कित्ताकाट फुकुवा गर्ने घोषणा गरेका हुन्।
उनले भने, ‘केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिने छ।’ उनले यसबाट घरजग्गाको कारोबार विस्तार हुने बताए।
प्रकाशित: १५ जेठ २०८० १७:३७ | Monday, May 29, 2023
प्रतिक्रिया




