छायांकनमा ‘दिमाग खराब’

हिमाल प्रेस ९ जेठ २०८० १५:५० | Tuesday, May 23, 2023
छायांकनमा ‘दिमाग खराब’

काठमाडौँ- निश्चल बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘दिमाग खराब’ को छायांकन सुरु गरिएको छ। काठमाडौंस्थित बूढानीलकण्ठ मन्दिरबाट फिल्मको मुहूर्त गर्दै काभ्रेबाट छायांकन सुरु गरिएको निर्माण टिमले जानकारी दिएको छ।

जनता र शक्तिको कथामा बन्ने फिल्मको पटकथा लेखन आकाश बरालले गरेका छन्। फिल्ममा निश्चलसहित खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराललगायतको अभिनय रहनेछ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा बन्ने फिल्म आगामी कात्तिक २४ गतेबाट प्रदर्शन हुनेछ। रौनक विक्रम कँडेलले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता सुरज बम ठकुरी हुन्।

फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ। यसअघि निश्चलले ‘लुट’, लुट २’ टलकजंग भर्सेस टुल्के’फिल्म निर्देशन गरिसकेका छन्।

प्रकाशित: ९ जेठ २०८० १५:५० | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast