चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउँदै काठमाडौँ महानगर

हिमाल प्रेस ७ जेठ २०८० २१:५६ | Sunday, May 21, 2023
चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउँदै काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। महानगरका राजस्व शाखा प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षकोभन्दा बजेटको आकार बढाउने अभ्यास भइरहेको छ।

महानगरले चालु आर्थिक वर्षकोभन्दा कम्तीमा नघटाएर बजेट ल्याउने तयारी गरिरहेको काफ्लले बताए। महानगरले चालु आर्थिक वर्षका लागि करिब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो।

‘नयाँ आवमा केही नयाँ योजना ल्याउने तयारी भए पनि धेरैजसो पुराना योजनाहरूले नै निरन्तरता पाउने देखिन्छ,’ काफ्लेले भने। संघीय सरकारले अनुदान कटौती गर्दा पनि महानगरपालिकाले आफ्नै स्रोत बलियो बनाएका कारण बजेटमा धेरै हेरफेर नहुने उनको भनाइ थियो।

महानगरपालिकाले आगामी वर्षमा बन्ने नीति कार्यक्रम र बजेटमा टोलस्तरीय भेलादेखि अनलाइनबाट पनि सुझाव संकलन संयन्त्र परिचालन गरेको छ। महानगरले बनाउने योजनामा २३ वटा शीर्षकमा सुझाव पठाउन सकिनेछ। रासस

प्रकाशित: ७ जेठ २०८० २१:५६ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast