चरेससहित दुई महिला पक्राउ

हिमाल प्रेस २७ वैशाख २०८० ६:३० | Wednesday, May 10, 2023
चरेससहित दुई महिला पक्राउ

कपिलवस्तु- प्रहरीले भारत लैजाँदै गरेको चरेससहित दुई महिलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालयले कृष्णनगर नगरपालिका–२ लिंक गेटबाट १० किलो चरेससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरीले धादिङ खनियाबास घर भएकी ४९ वर्षीया संगीता तामाङ र धादिङकै सत्यवती घर भएकी ५९ वर्षीया सेती तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

प्रहरी वरिष्ठ नायब निरीक्षक ऋषिराज पछाई नेतृत्वमा खटेको टोलीले शंकाको आधारमा खानतलासी गर्दा चरेससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए।

प्रकाशित: २७ वैशाख २०८० ६:३० | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast