 
                             
                                            नवलपुर- संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको छ।
मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण लोप हुने अवस्थामा पुगेको घडियाल गोहीको संरक्षणका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुलीमा दोस्रो संस्करणको घडियाल काव्य उत्सव हुन लागेको हो। दुई दिनसम्म चल्ने काव्य उत्सवको आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ।
पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र सम्वर्द्धनका विविध आयामलाई समेट्दै देवचुली–१७ को पिप्रहरमा काव्य उत्सव हुन लागेको हो।
पाँच वर्षअघि २०७५ सालमा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरेको ह्याप्पी एफएमले विषयवस्तु र मुद्दालाई परिस्कृत र परिमार्जित गर्दै दोस्रो संस्करण गर्न लागेको हो।
देवचुलीमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा घडियाल काव्य उत्सवलाई विभिन्न विभिन्न ९ चरणमा विभाजन गरिएको छ। त्यहाँ घडियाल गोही, नारायणी नदी, चरा पर्यटन, संरक्षण शिक्षा, निकुञ्जको आवश्यकता र बाध्यता, प्रकृति र साहित्यको समिश्रण, देवचुली डाँडाको गौरवका बारेमा छलफल गर्दै काव्य वाचन गरिने छ। जिल्लाको पर्यटन सम्भावनालाई उजागर गरी साहित्यमार्फत घडियाल गोहीको प्रचारप्रसार गर्दै संरक्षणमा निरन्तरता दिने काव्य उत्सवको उद्देश्य रहेको छ।
उत्सवमा ‘संकटमा घडियाल’ ‘लोभदेखि लोपसम्म’ ‘वेग र भेगको दोसाँधमा नारायणी’, ‘शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा’, ‘चराचरमा चरा’, ‘नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता’, ‘प्रकृतिसँग साहित्य’ र ‘शिरको गाथा तीरको व्यथा’ शीर्षकमा बहस तथा छलफल हुनेछ। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![आर्ट काउन्सिलमा नेपालका देवता [फोटो फिचर]](https://himalpress.com/wp-content/uploads/2024/05/ART-1.jpg) 
                                             ![जापानी संस्कृति ‘याकिशिमे’ प्रदर्शनी [फोटो फिचर]](https://himalpress.com/wp-content/uploads/2024/05/japan-5.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 