गोरखामा सबै जातिको पहिचान झल्कने संग्रहालय बनाइने

हिमाल प्रेस ५ जेठ २०८० १७:०३ | Friday, May 19, 2023
गोरखामा सबै जातिको पहिचान झल्कने संग्रहालय बनाइने

काठमाडौँ- सरकारले गोरखा जिल्लामा सबै जातजातिको पहिचान झल्कने गरी संग्रहालय बनाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

उनले भने, ‘गोरखा जिल्लाको उपयुक्त स्थानमा नेपालका सम्पूर्ण जातजातिको पहिचान झल्कने गरी जीवन्त संग्रहालयका रूपमा विकास गर्न आवश्यक प्रक्रिया अघि बढाइनेछ।’ यस्तै सरकारले ऐतिहासिक र पुरातात्त्विक सम्पदाको अन्वेषण र उत्खननलाई निरन्तरता दिइने जनाएको छ।

साथै कपिलवस्तुको तिलौराकोट र धनुषाको जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गरिने राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी दिए। उनले भने, ‘पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय महत्त्वका सबै प्रकारका अभिलेखहरूको आधुनिक प्रविधिबाट संरक्षण गरिनेछ।’

प्रकाशित: ५ जेठ २०८० १७:०३ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast