गोदावरीका १७० विद्यार्थीलाई स्काउट पोसाक वितरण

हिमाल प्रेस ३० वैशाख २०८० ७:२० | Saturday, May 13, 2023
गोदावरीका १७० विद्यार्थीलाई  स्काउट पोसाक वितरण

ललितपुर- स्थानीय स्काउट कार्यालय गोदावरीले नगरपालिकाभित्रका तीनवटा सामुदायिक विद्यालयका एक सय ७० जना विद्यार्थीलाई स्काउट पोसाक वितरण गरेको छ। स्काउट पोसाक पाउने विद्यार्थी बुुद्ध माध्यमिक विद्यालय, वाणीविलास माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी हुन्।

नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुुख एवं गोदावरी स्काउटका संरक्षक गजेन्द्र महर्जन, नगरपालिका उपप्रमुख एवं प्रमुख स्काउट मुना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइराला र नगरपालिकाका शिक्षा शाखाका प्रमुख एवं नगर स्काउटका सदस्यसचिव दीनानाथ पन्थीले पोसाक हस्तान्तरण गरेका थिए।

नगर प्रमुख महर्जनले शारीरिक, मानसिक र बौद्धिक विकाससहित व्यक्तिलाई अनुशासित र स्वावलम्बी बनाउन स्काउटको भूमिका महत्त्वपूर्ण भएको बताए। नगरका सबै विद्यालयमा स्काउट शिक्षा पुर्‍याउने बताउँदै उनले स्काउट शिक्षा अनिवार्य रहेको प्रस्ट पारे।

उपप्रमुख मुना अधिकारीले सामाजिक सेवामा स्काउट सधैँ दत्तचित भएर अघि बढ्ने बताइन्। शिक्षा शाखा प्रमुख पन्थीले बालबालिकाले सानै उमेरदेखि सामाजिक सेवाभाव प्रति आकर्षित गराउन, शान्ति, सुशासन, मेलमिलापका बारेमा बुझाउन स्काउटले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक देवराज घिमिरेले गोदावरी नगरपालिकाले स्काउट शिक्षालाई प्राथमिकता दिएको बताउँदै नगर स्काउटको विकासका लागि सधैँ राष्ट्रिय प्रधान कार्यालय साथमा रहेको बताए।

पोसाक वितरण कार्यक्रममा गोदावरी नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइराला, गोदावरी नगर स्काउटका संयोजक दीपक अर्याल, गोदावरी नगर कमिटी सदस्यहरू राजेन्द्रध्वज कार्की, प्रतिका सिलवाल, नरेश मर्हजन, नगर स्काउटका प्रमुख सल्लाहकार जगदीश्वर श्रेष्ठ, वाणीविलास माविका प्रअ प्रवीणप्रकाश श्रेष्ठ, बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमपति जोशीलगायतको उपस्थिति थियो।

प्रकाशित: ३० वैशाख २०८० ७:२० | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast