गुजरात प्लेअफमा, हैदराबादको सम्भावना सकियो

हिमाल प्रेस २ जेठ २०८० ९:२५ | Tuesday, May 16, 2023
गुजरात प्लेअफमा, हैदराबादको सम्भावना सकियो

काठमाडौँ- शुभमन गिलले इन्डियन प्रिमियर लिग (आईपीएल) कयिरको पहिलो शतक बनाएपछि गुजरात टाइटन्सले सोमबार राति सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ। यो जितले डिफेन्डिङ च्याम्पियन गुजरातलाई प्लेअफमा पुर्‍यायो।

यसपालि प्लेअफमा पुग्ने पहिलो टिम बनेको गुजरात शीर्ष दुईमा पर्ने पनि निश्चित भयो। गुजरात हाल १३ खेलबाट १८ अंकसहित शीर्षस्थानमा छ। गुजरातलाई पछ्याइरहेको चेन्नाईले १३ खेलबाट १५ अंक बटुलेको छ। अब गुजरात र चेन्नाईले लिग चरणका आआफ्ना अन्तिम खेलमा क्रमशः रोयल च्यालेँनजर्स बेंगलोर र दिल्ली क्यापिटल्सको सामना गर्नेछन्।

घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८८ रनको योगफल तयार पारेको थियो। जसमा गिलले ५८ बलमा बनाएको १०१ रनको सबैभन्दा महत्त्वपूर्ण योगदान रह्यो। गुजरातका लागि साई शुदर्बनले ३६ बल सामना गरेर ४७ रन बनाए। यी दुईबाहेक गुजरातका अन्य ब्याट्समयान चलेनन्।

कप्तान हार्दिक पान्ड्या अठ रनमा आउट भए भने डासुन शानाका अविजित नौ, डेभिड मिलर सात र राहुल टेवाटिया तीन रनमा समेटिए। ओपनर रिद्दिमान शाह, रहिद खान, नुर एहमद, मोहम्मद शामी र मोहित शर्माले रनको खाता खोल्न सकेनन्।

हैदराबादलाई सामान्य लक्ष्य भेट्नबाट रोक्न शामीले २१ बल खर्चिएर चार विकेट हात पारे। त्यसैगरी मोहित शर्माको नाममा पनि चारै विकेट रह्यो। याश दयालले एक विकेट थपे।

हेनरिच क्लासनले ४४ बलमा ६४ रन बनाए पनि हैदराबादले हार टार्न सकेन। पराजित टिमका लागि भुवनेश्वर कुमारले २७, मायांक मारकान्डेले नटआउट १८ र कप्तान ऐइडेन माक्र्रामले १० रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बटुल्न सकेनन्।

आठौँ हारपछि हैदराबाद १० टिमसम्मिलित आईपीएलको नवौँ स्थानमा छ। १२ खेलबाट आठ अंक बटुलेको हैदराबादको प्लेअफमा पुग्ने सम्भावना अब सकिएको छ। पुछारको दिल्ली क्यापिटल्सको पनि आठ अंक नै छ। दिल्ली यसअघि नै प्लेअफ समीकरणबाट बाहिरिसकेको थियो।

प्रकाशित: २ जेठ २०८० ९:२५ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast