 
                             
                                            काठमाडौँ- तिलकसिंह पेलाको स्वरमा रहेको ‘हेर दिन ढल्यो’ बोलको गीत ट्रेन्डिङमा पर्न सफल भएको छ। सो गीत शुक्रबार गायक पेलाकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
कृष्णसिंह पेलाको शब्द रहेको गीतमा गायक तिलकले नै संगीत भरेका छन्। गीतमा रिदम कँडेलको संगीत संयोजन छ। सार्वजनिक भएको तेस्रो दिनमै गीत युट्युबको ट्रेन्डिङमा परेको हो। गीत नेपाली म्युजिकको २० औँ स्थानमा उक्लिसकेको छ।
समाचार तयार पार्दासम्म गीत १ लाख १२ हजारभन्दा बढीले हेरिसकेका छन्। यसअघि उनको ‘के लत बस्यो’ बोलको गीत निकै चर्चित छ।
                            प्रकाशित: २४ वैशाख  २०८० १२:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![बालबालिकाका लागि नयाँ गीत ‘हामी साना कोपिला’ सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/03/child-song.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 