गाँजा खेतीबारे अध्ययन गर्ने सरकारको घोषणा

हिमाल प्रेस १५ जेठ २०८० १७:१९ | Monday, May 29, 2023
गाँजा खेतीबारे अध्ययन गर्ने सरकारको घोषणा संसद् बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत।

काठमाडौँ- सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। यसअघि गाँजा खेती अवैध थियो। औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले बताए। लामो समयदेखि केही अभियान्ताहरुले पनि गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै आएका छन्।

सरकारले यसको उपयोगिता र अर्थतन्त्रमा दिनसक्ने सुधारबारे अध्ययन गर्ने र गाँजा खेतीका लागि सम्भाव्यता अध्ययनको विषय बजेटमा समावेश गरेको हो।

त्यस्तै सरकारले सरकारले उत्पादन साथमा, अनुदान हातमा नारासहित कृषिलाई प्रवर्द्धन गर्ने नीति लिएको छ। ‘उत्पादन साथमा अनुदान हातमा भन्ने नाराका साथमा कृषि अनुदानलाई उत्पादन आधारित बनाइनेछ,’ बजेटमा उल्लेख छ।

 

 

प्रकाशित: १५ जेठ २०८० १७:१९ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast